Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौँबाट गएका फोहोरका गाडीहरू बञ्‍चरेडाँडा पुगे

काठमाडौँ । प्रहरीको सहयोगमा काठमाडौँबाट फोहोरका गाडीहरू बञ्चरेडाँडा पुगेका छन् । बिहीबार काठमाडौँ महानगरपालिका, नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति र समानान्तर ग्रुपको ६० वटा फोहोरको गाडी सिसडोल तर्फ गएको थियो ।

फोहोर गाडीहरु बिना अवरोध बञ्चरेडाँडा डाँडा पुगेको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

उनले सर्वदलीय मिटिङ पनि बसिरहेकाले अवरोध हट्ने विश्वास व्यक्त गरे । बिहानै केही समय बुधबार पक्राउ परेका स्थानीयलाई छोड्न माग गर्दै उनीहरूले फोहोर बोकेका गाडी बाटोमै रोकेका पनि थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077