Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ट्राफिक नियम उल्लंघन गर्ने ३ हजारभन्दा बढी सवारी चालकमाथि कारबाही

    ट्राफिक नियम उल्लंघन गर्ने ३ हजारभन्दा बढी सवारी चालकमाथि कारबाही

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 993
    SHARES

    काठमाडौं । उपत्यकामा दैनिक हजारौँको संख्यामा सवारी चालकमाथि कारबाही हुँदै आएको छ ।

    ट्राफिक प्रहरीले उपत्यकामा बिहीबार मात्रै एकै दिन ३ हजार ६ जना सवारी चालकलाई कारबाही गरेको हो । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ६२, लेन अनुशासन पालना नगर्ने ११४, रेड लाइटमा सवारी साधन चलाउने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने १२२ र नम्बर प्लेट नदेखिने गरी राख्ने ३० जना सवारी चालक छन् ।



    यस्तै, २ हजार ५९६ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार