Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • शिक्षक नतिजामा लापरबाही : पहिले बढुवा, पछि घटुवा

    शिक्षक नतिजामा लापरबाही : पहिले बढुवा, पछि घटुवा

    अनलाइन नेपाल
  • शनिबार, ४ भाद्र २०७९
  • 936
    SHARES

    काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकको बढुवाको नतिजा सार्वजनिक गर्ने क्रममा लापरबाही देखिएको छ।

    शिक्षकको कार्य सम्पादन मूल्याङ्कनमार्फत बढुवाका लागि अङ्क प्रदान गर्ने र नतिजा प्रकाशन गर्ने निकाय गम्भीर नहुँदा यस्तो भएको हो । जसका कारण पहिलो पटकको नतिजामा बढुवा भएका शिक्षकहरू संशोधित सूचनामा घटुवा हुनुपरेको छ।



    स्थायी शिक्षकमध्ये ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवा गर्ने चलन छ। यसरी बढुवा हुनका लागि शिक्षक कार्यरत विद्यालयदेखि पालिकाको शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय एकाइले अङ्क दिने प्रावधान छ।



    सोही अङ्कलाई प्रमाणीकरण गर्दै आयोगले नतिजा प्रकाशन गर्ने गर्छ। तर पहिलो पटक सार्वजनिक भएको नतिजामा चित्त नबुझेर पुनरवलोकनका लागि निवेदन दिएकाहरूको नतिजा संशोधन हुने क्रम बढेको छ।

    यस्ता घटनाबाट अङ्क प्रदान गर्नेदेखि प्रमाणीकरण गर्ने निकायसम्मकै अपरिपक्वता देखिएको छ। हालै आयोगको गण्डकी प्रदेश कार्यालयले नतिजा पुनरवलोकन गर्दा चार जिल्लाका चार जना शिक्षक बढुवा भएका छन्। गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार