Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एनआईसीको सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना : ८४ लाखसम्म बीमा, धितोको ९० प्रतिशत कर्जा र ५ लाखसम्मको निशुल्क क्रेडिट कार्ड

    एनआईसीको सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना : ८४ लाखसम्म बीमा, धितोको ९० प्रतिशत कर्जा र ५ लाखसम्मको निशुल्क क्रेडिट कार्ड

    अनलाइन नेपाल
  • शनिबार, ४ भाद्र २०७९
  • 969
    SHARES

    काठमाडौं । देशको दुरदराजमा रहेका लाखौं ग्राहक महानुभावहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले ल्याएको ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ मा विभिन्न सेवाहरु थप भएका छन् ।

    निक्षेप रकमको १० गुणासम्म रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम योजनामा ८४ लाखसम्म बीमा, धितोको ९० प्रतिशत कर्जा र ५ लाखसम्मको निशुल्क क्रेडिट कार्ड पनि पाइने भएको छ ।



    न्यूनतम १० हजार रुपैयाँमा खोल्न सकिने सर्वश्रेष्ठ बचत खातामा निक्षेपकर्ता महानुभावहरुले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार डबल देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउने बैंकले जनाएको छ ।



    सोही योजनामा १० गुणासम्म प्रतिफल दिने ग्यारेन्टी सहित रू. ८४ लाखसम्मका ३ बीमा सुविधा, रू. ५ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा र निक्षेप तथा पाकेको ब्याज रकमको धितोमा ९० प्रतिशतसम्म कर्जा सुविधा रहेको छ ।

    निक्षेपकर्ता महानुभावहरुले आफूले निक्षेप गरेको रकमको ९० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्नेछन् । योजनाको विभिन्न अवयवहरुलाई निम्नानुसार तालिकामा देखाइएको छः

    यसअघि बैंकको ५ वर्षसम्म कुल रु. ८४ लाख सम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरुसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनामा ग्राहक महानुभावहरुको अत्यन्त उत्साहजनक सहभागिता रहेको पनि बैंकले जनाएको छ ।

    आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने यस बैंकको नीति तथा रणनीति रहेअनुरुप बैंकले यस अघि लिएर आएको निक्षेप खाताहरूमा पाइने फाइदा भन्दा अझ बढी फाइदाहरु रहेको मौज्दातको रकममा १० गुणा रकम फिर्ता हुने ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याइएको छ ।

    बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५५ जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

    देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा करिब रू. ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

    वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार