Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

समाजवादीका अध्यक्ष नेपाल भन्छन् - नेपालका कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालका कम्युनिष्ट पार्टीबीच एकता आवश्यकता भएको बताएका छन्।

पार्टीनिकट उपत्यका युवा बिशेष जिल्ला कमिटीको कार्यक्रममा सम्बोधन गर्दै उनले केपी ओलीले बनिसकेको कम्युनिष्ट पार्टीलाई भताभुङ्ग पारेको आरोप लगाएका हुन् ।

उनले भने, ‘कम्युनिष्टहरू एकैठाउँमा आउनुपर्छ, सबैलाई समेट्ने नेता चाहिन्छ। ओलीले पार्टी फुटाएर संविधान कुल्चिए, संसद विघटन गरे। अदालतको फैसलाको नाममा कम्युनिष्ट पार्टीलाई टुक्राइदिए।’

उनले राजनीति नै चुनाव नभएकाले माध्यमको रुपमा लिनुपर्ने बताए। उनले जनतादेखि जनतासम्म पुग्नको लागि राजनीति गर्ने निर्देशन दिए। उनले आफ्नो साथ छाडेर एमालेमा रहेका १० भाइ नेताहरुको अहिले हरिबिजोग भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077