Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्पेनिस ला लिगा : पाहुना टोली रियलको सहज जित

एजेन्सी । साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा फराकिलो जित हात पारेको छ ।

एवान्का बालाइडोस भिगोमा शनिबार राति सम्पन्न खेलमा पाहुना टोली रियलले सेल्टा डि भिगोमाथि ४–१ को जित हात पारेको हो ।

रियलको जितमा कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, भिनिसियस जुयिनर र फेडे भाल्भेर्डेले १र१ गोल गरे । घरेलु टोलीका इयागो आसपासले एक गोल फर्काए।

जितसँगै रियल ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ। समान ६ अंक नै रहेपनि रियल बेटिस र ओसासुना गोलअन्तरमा पछि छ। पराजित सेल्टा १ अंक जोडेर १४औं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077