Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

गणतन्त्रप्रति समर्पित योद्धा गुमायौं : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काँग्रेस नेता प्रदीप गिरीको निधनले नेपालले लोकतन्त्रको अविचलित योद्धा गुमाएको बताएका छन् ।

आइतबार कांग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले नेता गिरीले लिएको

अडानबाट मात्रै नेपालमा गणतन्त्र सम्भव भएको बताए । नेता गिरि गणतन्त्र र समाजवादप्रति अविचलित अडान राख्ने नेता भएको उनले बताए ।

अध्यक्ष नेपालले गिरि निकै अध्ययनशील व्याख्याता, विश्लेषक र समर्पित योद्धालाई गुमाउनु नेपाली राजनीतिका लागि ठुलो क्षति भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077