Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंको नगर प्रहरी प्रमुखमा एसपी पाण्डे नियुक्त, बालेनले धनपतिलाई हटाए

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नगर प्रहरी प्रमुख हेरफेर गरेका छन् ।

बालेनले नगरप्रहरी प्रमुखबाट प्रहरी उपरीक्षक (एसपी) धनपति सापकोटालाई हटाएर राजु पाण्डेलाई जिम्मेवारी दिएका हुन् ।

सापकोटा र पाण्डेको एउटै ओहदा हो । यसअघि नगर प्रहरी प्रमुख धनपतिलाई मेयर बालेनले प्रशासनतर्फ खटाएको छ ।

महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक (एसपी) छन् । जसमध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको मेयर बालेनको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077