Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

आईपीओ भर्दा अब बढीमा ५ रूपैयाँ लाग्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि-आश्वा शुल्क घटाउने भएको छ ।

५ भदौ, आइतबार बसेको धितोपत्र बोर्ड बैठकमा सि-आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको हो ।

अब आईपीओ लगायतका सार्वजनिक निषकासनमा अधिकतम ५ रूपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरि बोर्डमा प्रस्ताव लगेर छलफल भएको धितोपत्र बोर्डले जनाएको छ ।

जसमध्ये १ रूपैयाँ सार्वजनिक निष्कासन गर्ने कम्पनीले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले पाउनेछ ।

त्यस्तै १ रूपैयाँ सिडिएस एण्ड क्लियरीङ लिमिटेडले प्राप्त गर्नेछ ।अधिकतम शुल्क पाँच रूपैयाँ तोकिएको भए पनि त्यसभन्दा कम लिन सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077