Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कालिका मन्दिरमा चढाइएका भेटी र गरगहना सार्वजनिक

    कालिका मन्दिरमा चढाइएका भेटी र गरगहना सार्वजनिक

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 993
    SHARES

    बागलुङ । कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गरेको छ ।

    समितिले पत्रकार सम्मेलन आयोजना गरेर २०७७ कात्तिक २८ गतेदेखि हालसम्म मन्दिरमा चढाएको गरगहनाको सार्वजनिक गराएको हो । सार्वजनिक विवरणअनुसार गुठीले २७ प्रकारका गहना सार्वजनिक गरेको हो ।



    तीमध्ये ११ थान सुनको तिलहरी, २ थान सुनको सिक्री, ४ टीका, ५ मुन्द्रा, सुनको चन्द्रमा, सुनको फुली, प्रतिमा, सिक्का, औंठी, सुनकै जन्तर, नाग, तारलगायत छन् । चाँदीतर्फ पनि तिलहरी, घोडा, औंठी, पाउजूजस्ता धेरै गहना मन्दिरमा चढाइएको छ ।



    कालिकाको पूजा गर्न आउने भक्तजनले फूल प्रसादबाहेक गहना समेत चढाउने गर्छन् । मन्दिरमा चढाइने भेटी भने हरेक दिन र मासिक सार्वजनिक गर्ने चलन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार