Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

बैतडीमा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

बैतडी । हेलिकोप्टरबाट गर्भवतीको उद्धार गरिएको छ । सिगास गाउँपालिका-६ थलाकी २० वर्षीय बिन्दु धामीलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरि नेपालगंज लगिएको हो ।

सोमबार बिहान साडे ११ बजे थलाकाडाबाट नेपालगञ्ज रेफर गरिएको थलाकाडा स्वास्थ्य चौकीले जनाएको छ ।

आइतबार थलाकाडा स्वास्थ्य चौकी पुगेकी धामीलाई सुत्केरी हुन नसकेपछि नेपालगञ्ज लगिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

तुरन्तै शल्यक्रिया गर्नुपर्ने अवस्था आएकाले उनलाई हेलिकोप्टरमार्फत रिफर गरिएकोहो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077