Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सेयर बजारमा ७ अंकको गिरावट

    सेयर बजारमा ७ अंकको गिरावट

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 753
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज ७.४१ अंकको गिरावट आएको छ । आज ०.३६ प्रतिशतले घटेको सेयर बजार परिसूचक २ हजार ५३ अंकमा आएर रोकिएको हो । यस्तै, आज सेन्सेटिभ परिसूचक १.४७ अंकले घटेर ३९७ अंकमा आइपुगेको छ ।

    परिसूचक ७ अंकले घटेको दिन १ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ बराबरको ५२ लाख ३० हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १ बजेदेखि भने उकालो लाग्न थालेको थियो । तर, परिसूचक २ हजार ६१ अंकमा पुगेपछि घटेर २ हजार ५३ अंकमा आएर रोकिएको हो ।



    यसक्रममा आज म्यूचुल फण्ड समूह बाहेक सबै समूह घटेका छन् । यस समूहमा ०.०३ अंकको सुधार आएको छ । यस्तै, आज निर्जीवन बीमा समूह ४७ अंक घटेको छ । यस्तै, उत्पादनमूलक समूहमा ३२ अंकको गिरावट आएको छ भने होटल एण्ड टुरिजम समूहमा २९ अंकको गिरावट आएको छ । यसैगरी, विकास बैंक समूहमा २४, जलविद्युत समूहमा १६ अंकको गिरावट देखिएको छ ।



    यसक्रममा आज अप्पर हेवाखोला जलविद्युत आयोजनाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य २४ रुपैयाँले बढ्दै प्रतिकित्ता २७३ रुपैयाँ पुगेको छ । यस्तै, मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेर प्रतिकित्ता ३४७ रुपैयाँ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार