Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • ‘मिसेस नेपाल ग्ल्याम २०२२’ को आवेदन खुल्ला

    ‘मिसेस नेपाल ग्ल्याम २०२२’ को आवेदन खुल्ला

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 975
    SHARES

    काठमाडौं । लामो समयदेखि विभिन्न सौन्दर्य प्रतियोगीता आयोजना गर्दै आएको ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले विगतका वर्ष झै यो वर्ष पनि ‘मिसेस नेपाल ग्ल्याम २०२२’ आयोजना गर्ने भएको छ ।

    आयोजक ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले सोमबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको हो ।



    विवाहित महिलाहरूको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको हो ।



    प्रतियोगिताका लागि २० देखि ४५ वर्षसम्मका विवाहित महिलाले आवेदन भर्न सक्नेछन् । प्रतियोगिताको पहिलो अडिसन आगामी ११ भदौमा बानेश्वरस्थित होटल रानीमहलमा आयोजना हुनेछ । सहभागी हुन चाहनेले अनलाइनमार्फत तथा ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको कार्यालय र होटल रानीमहलबाट आवेदन फर्म भर्न सक्नेछन् ।

    २०२१ मा ‘मिसेस नेपाल ग्ल्यामको उपाधि उर्मिला कार्कीले जितेकी थिइन् । प्रतियोगीताका विजेताले ‘सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेशनल’ का अलवा बिभिन्न प्रतियोगितामा सहभागीको अवसर प्राप्त गर्नेछन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार