Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कोरियन भाषा परीक्षाका लागि आवेदन खुला

    कोरियन भाषा परीक्षाका लागि आवेदन खुला

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 873
    SHARES

    काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ ।

    इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।



    यो पटक सञ्चालन हुने परिक्षाबाट ६००० व्यक्तिलाई उत्तिर्ण गराउने शाखाले जनाएको छ ।



    श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो ।

    भाषा परीक्षा पहिलो चरणको कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ ।

    दोस्रो चरणको परीक्षा भने फागुन ८ देखि फागुन २६ गतेसम्म हुनेछ ।

    दोस्रो चरणको सीप परीक्षण भने फागुन ३ देखि ५ गतेसम्म र चैत १ देखि ३ गतेसम्म हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार