Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सिप बिल्डिङमा फेल भएका परीक्षार्थी पनि उत्पादनमुलुक क्षेत्रको भाषा परीक्षा दिन पाउने

    सिप बिल्डिङमा फेल भएका परीक्षार्थी पनि उत्पादनमुलुक क्षेत्रको भाषा परीक्षा दिन पाउने

    अनलाइन नेपाल
  • सोमबार, २३ पुष २०८०
  • 519
    SHARES

    काठमाडौं । पानी जहाज निर्माण (सिप बिल्डिङ) को भाषा परीक्षामा सहभागी भएकाहरु दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा सहभागी हुन पाउने भएका छन् ।

    बैदेशिक रोजगार बिभाग र कोरियाको मानव संशाधन बिभाग (एचआरडी) का अधिकारीहरुबीचको बैठकमा यसअघि पानी जहाज क्षेत्रको भाषा परीक्षामा फेल भएकाहरुलाई पनि अब हुने उत्पादनमुलुक क्षेत्रको परीक्षामा सहभागी गराउने सहमति भएको हो ।



    अब यो परीक्षा तीन चरणमा हुने भएको हो । परीक्षा माघको ६ गतेबाट सुरु हुनेछ । पहिलो चरणमा ४७ हजार, दोस्रोमा ८० हजार र तेस्रो चरणमा ३७ हजार जनालाई उत्पादनमूलकतर्फ परीक्षा दिन लगाइनेछ ।



    उनका अनुसार परीक्षामा सहभागी हुन यसवर्ष एक लाख ६४ हजार जनाको आवेदन परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार