Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कोरियन भाषा परीक्षाका लागि खुल्यो आवेदन

    कोरियन भाषा परीक्षाका लागि खुल्यो आवेदन

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 732
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कोरियन भाषा परीक्षाको लागि आवेदन खुलेको छ । इपीएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।

    नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारीपत्र अनुरुप रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई लैजान आवेदन खुलेको हो ।



    पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उमेदवारको छनौट गर्न कोरियान भाषा परीक्षा सञ्चालन गरिने जनाइएको छ।



    यहि साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । भाषा परीक्षा आगामी असोज १ गते सोमबारदेखि हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार