Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दिल्लीका ग्याङ नाइके ‘रविन हुड’ पक्राउ, गोलीसहित पेस्तोल बरामद

एजेन्सी । दिल्लीका ‘रोबिन हुड’ भनेर चिनिने एकजना ग्याङ नाइके पक्राउ परेका छन् । २५ जनाको ग्याङको नेतृत्व गर्दै आएका वसिम अक्रम पक्राउ परेका हुन् ।

अक्रम र उनको समूहले धनीका घरबाट नगद तथा बहुमूल्य गरगहना लुट्ने र त्यसमध्येबाट केही रकम गरिब समुदायलाई बाँड्दै आएको प्रहरीले जनाएको छ ।

तर, डिस्नी कथा विपरीत उनीहरूले लुटेका अधिकांश सम्पत्ति भने आफैंले राख्ने गरेका छन् । ‘लम्वु’ उपनामले पनि चिनिने अक्रमविरुद्ध हत्या र बलात्कार प्रयास जस्ता अभियोग पनि लगाइएको प्रहरीले जनाएको छ ।

२७ वर्षिय अक्रमलाई पक्राउ गर्न खडा गरिएको विशेष सुरक्षा टोलीले चार महिना लामो प्रयासपछि उनलाई आफ्नो फन्दामा पारेको हो ।

सुरक्षा टोलीले गत जुनमा पक्राउ गर्न खोज्दा उनले आफूहरूमाथि गोली चलाएको आरोप लगाएको छ । साथै, पक्राउ परेका अक्रमको साथबाट तीन गोली सहितको एउटा पेस्तोल बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077