Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • धौलागिरि लघुवित्तको आईपीओ बाँडफाँट भोलि हुने

    धौलागिरि लघुवित्तको आईपीओ बाँडफाँट भोलि हुने

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 759
    SHARES

    काठमाडौँ । धौलागिरि लघुवित्तको आईपीओ भोलि बुधबार बाँडफाँट हुने भएको छ । धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बिहान १० बजे आईपीओ बाँडफाँट हुनेछ ।

    यो लघुवित्तको आईपीओको प्रि-अलटमेन्टको काम भने आइतबार नै सकिएको थियो । धौलागिरि लघुवित्तले गत २४–२९ साउनसम्म आईपीओ बिक्री गरेको थियो । संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।



    जसमा ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुटाइएको थियो । बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन् ।



    निष्कासनको अन्तिम दिनसम्म यो आईपीओमा १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् ।

    धौलागिरी लघुवित्तको आईपीओ गोला प्रथाबाट बाँडफाँट हुनेछ । गोला प्रथाबाट भाग्यमानी ३० हजार ९२९ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् । तिनै भाग्यमानीमध्ये थप ५ जनाले एक–एक कित्ता सेयर पाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार