Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतीय राजदूत श्रीवास्तव र बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

राजदूतका रुपमा एक महिनाअघि नेपाल आएका उनले राजनीतिक भेटघाटलाई निरन्तरता दिँदै भट्टराईसँग संवाद गरेका हुन् । भेटपछिको तस्बिर डा. भट्टराईले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उक्त तस्बिरमा भट्टराई पुत्री मानुषी पनि देखिएकी छन् ।

'नेपालका लागि नयाँ भारती राजदूत नवीन श्रीवास्तवसँग एकदमै उपयोगी बैठक भएको छु,' भट्टराईले भनेका छन्,'भेटका क्रममा आपसी हितका विभिन्न मुद्दामा कुराकानी भएको छ।'

भट्टराईले आफू र श्रीवास्तवबीच व्यक्तिगत सम्बन्ध रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077