Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विहारका सभामुख सिंहद्वारा राजीनामा

एजेन्सी । भारतको विहार प्रदेशका सभामुख विजयकुमार सिंहले पदबाट राजीनामा दिएका छन् ।

भारतीय जनता पार्टीका नेता समेत रहेका सिहंले प्रदेशसभामा बहुमत परिक्षण हुने भएकाले राजीनामा दिएका हुन् ।

उनले आफ्नो जिम्मेवारी जेडीयु गठवन्धनका नेता नरेन्द्र नारायण यादवलाई दिएका छन् । सत्तारुढ गठबन्धनले उनको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेकाले उनले राजीनामा दिएको पनि बताइएको छ ।

उनले आफू विरुद्ध संसदमा ल्याइएको अविश्वासको प्रस्ताव अवैधानिक भएको दाबी पनि गरेका छन् ।

भारतीय जनता पार्टीबाट विहारको प्रदेश सभामा निर्वाचित सांसदहरुले संसद भवन बाहिर विरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077