Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बुधबार नेप्सेमा २ अंकको वृद्धि, १ अर्ब ५२ करोडको कारोबार

काठमाडौं । आज पनि सेयर बजार परिसूचक नेप्सेमा २ अंकको वृद्धि भएको छ । अघिल्लो दिन १.८५ अंकको वृद्धि भएर २०५४ विन्दुमा अडिएको बजारमा बुधबार थप २.८७ अंकको वृद्धि भएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक २०५७.८५ विन्दुमा अडिएको छ । २ अंक माथिले बढेको बजारमा कारोबार रकम भने आज पनि खासै बढ्न सकेन । नेप्सेका अनुसार यसदिन बजारमा १ अर्ब ५२ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज बैंकिङ, होटल तथा पर्यटन, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स र इनभेष्टमेन्ट समूहको उपसूचक धनात्मक भएका छन् भने ट्रेडिङ, फाइनान्स, नन् लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो र म्युचुअल फन्ड समूहको उपसूचक ऋणात्मक भएका छन् ।

मन्दाकिनी हाइड्रोपावर कम्पनीका सेयरधनीले आज पनि १० प्रतिशतले कमाएका छन् भने सिद्धार्थ ईक्युटी फन्डका लगानीकर्ताहरुले ३.५८ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077