Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पसल सञ्चालन गरेर ठगीको आरोपमा भारतीय नागरिक पक्राउ

विराटनगर । पसल सञ्चालन गरेर सर्वसाधारणलाई ठगी गरेको आशंकामा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पसल सञ्चालन गरेर ५० प्रतिशत छुटमा सामान उपलब्ध गराउने भन्दै ठगी गरेको आशंकामा भारत तमिलनाडुका ५५ वर्षीय साराभाम वामानन्दलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो ।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार उक्त समूहका अन्य चार जना फरार छन् । वामानन्दलाई विराटनगर महानगरपालिका ५ भकृटीमार्गबाट पक्राउ गरिएको उनले बताए ।

फरार रहेकाको खोजी भइरहेको जानकारी उनले दिए। रुबी इन्टरप्राइजेज नामक पसल दर्ता गर्दै वडा कार्यालय र आन्तरिक राजस्व कार्यालयबाट इलेक्ट्रोनिक्स सामान बिक्री गर्ने अनुमति लिएर ठगी गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077