Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पार्टी पुनर्गठनकै दिन सुदूरपश्चिम प्रदेश अध्यक्ष शाहीले परित्याग गरे एकीकृत समाजवादी

काठमाडौं । पार्टी पुनर्गठनकै दिन नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रमबहादुर शाहीले पार्टी परित्याग गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले पार्टी छाडेको घोषणा गरेका हुन्।

पार्टीको सातौं स्थायी कमिटी बैठकले शाहीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको थियो। विगत ५र६ महिनादेखि पार्टी काम छाडेर निष्क्रिय रहेको भन्दे आजबाट कुनै दलसँग आवद्ध नरहेको घोषणा शाहीले गरेका छन् ।

समाजिक सञ्जालमा लेखेका छन्, ‘ २०५४ सालमा बामदेवले “फुट्बाट पनि शक्ति प्राप्त हुन्छ “भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिँदै उनका पछि लागे। गत वर्ष पनि पुर्नगठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो त्यसको पछि लाग्नेमा म पनि थिए। पार्टी विभाजनले काँग्रेस लगायत पश्चिमा पुँजीवादीहरुको नै फाइदा पुर्यायो। त्यसबाफत पछुतो र आत्मग्लानी भएको छ। विगत ५–६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था थियो भने आजका मितिदेखि म कुनै दलसँग आवद्ध नरहेको घोषणा गर्दछु।’

उनले आजको मितिबाट कुनै दलसँग आवद्ध नभएको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077