Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेसका नेता विमलेन्द्र निधि दिल्ली प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् ।

बिहीबार विहान कांग्रेस पूर्व उपसभापति निधि एक साताका लागि भारत प्रस्थान गरेका हुन् । उनी भारतबाट फर्किएको एक महिना नपुग्दै पुनः भ्रमणमा निस्किएका छन् ।

उनी भदौ १५ गते स्वदेश फर्किने छन् । साउन २२ गतेमात्र नेपाल फर्किएका उनी भदौ ९ गते फेरि भारत लागेका छन् ।

साउनमा भएको भारत भ्रमणका क्रममा निधिले अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको धनुष राख्ने प्रस्ताव गरेका थिए ।

निधिले जनकपुर र अयोध्याबीच धार्मिक, सांस्कृतिक र कूटनीतिक सम्बन्ध विस्तारका लागि पहल गरिरहेको छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077