Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काठमाडौं ५ मा एकीकृत समाजवादीका तर्फबाट सुदेश पराजुली सिफारिस

काठमाडौं । एकीकृत समाजवादीले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट सुदेश पराजुली र रामप्रसाद पोखरेललाई सिफारिस गरेको छ। पार्टीको क्षेत्र नम्बर ५ कमिटीले सिफारिस गरेको हो।

अनेरास्ववियुका अध्यक्ष पराजुलीले यसअघि नै उक्त क्षेत्रमा उठ्ने घोषणा गरिसकेका थिए। उनीसँगै सिफारिस पोखरेल कानुन व्यवसायी हुन्। कमिटीले जिल्ला र जिल्लाले केन्द्रमा सिफारिस गर्नेछ।

सत्ता गठबन्धनले हालसम्म भागबन्डा टुंग्याइसकेको छैन। उक्त क्षेत्र एकीकृत समाजवादीले पाएमा पराजुली वा पोखरेलमध्ये एक उम्मेदवार हुनेछन्।

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका वडाहरुका अध्यक्षका उम्मेदवारले पाएको एकीकृत मतमा एमाले अगाडि छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077