Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अल्फाबिटाबारे बस्नेत र बालेनबीच भनाभन, बालेनले बस्नेतलाई सोधे - तपाईंको घरको नक्सा पास छ नि ?

काठमाडौं । अल्फाबिटामा डोजर लागेपछि कडा प्रतिक्रिया जनाएका महेश बस्नेतलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जवाफ फर्काएका छन् । महेश बस्नेतलाई बालेनले तपाईंको घरको नक्सा पास छ नि ? भन्दै प्रश्न तेर्साएका हुन् ।

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले महानगरभित्र बनेका भवनहरू नक्सा पासअनुसार भए नभएको अनुगमन गर्दै अवैध संरचना भत्काउने अभियानमा लागेका छन् । यसैक्रममा बिहीबार नयाँबानेश्वर क्षेत्रको अल्फाबिटा कम्प्लेक्सले बनाएको अवैध संरचना भत्काए ।

सो कम्प्लेक्सको अवैध संरचना भत्काएपछि नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले कडा प्रतिक्रिया जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाएपछि बालेनले पनि फेसबुकमै जवाफसहित प्रश्न गरेका छन् ।

बस्नेतले फेसबुकमा बालेन शाहले अल्फाबिटा कम्प्लेक्समाथि डोजर किन लगाएको ? भन्दै प्रश्न गरेका छन् भने नक्सा पासअनुसार घर निर्माण नगरेको भएर वा हामीसँग नजिक भएर या फोटो लिएको कारण ? भन्दै प्रश्न गरेका छन् ।

साथै बस्नेतले लेखेका छन्, ‘पहिलो कारण हो भने जायज होला, नाजायज भए पनि सम्बन्धित पीडितहरूले कानुनी उपचार खोज्लान नै। दोस्रो कारण हो भने त हामीसमेत मिलेर कसैको सन्कि र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौँ ।’

बस्नेतले फेसबुकमा अल्फाबिटा कम्प्लेक्सका घरधनीसहितको तस्वीरसमेत पोस्ट गरेका छन् । सोही पोस्टमा कमेन्ट गर्दै बालेनले पहिलो कारणअनुसारै अवैध संरचना भत्काइएको उल्लेख गर्दै तपाईँको घरको नक्सा पास छ कि छैन भनेर प्रश्न गरेका छन् ।

यसैगरी फेरि बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुसी लाग्यो । तपाईलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगर पालिकामा काजमा आउनुहोला ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077