Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाली फिल्म ‘राधा’ र ‘प्रकाश’ आजबाट एकैसाथ प्रर्दशनमा

    नेपाली फिल्म ‘राधा’ र ‘प्रकाश’ आजबाट एकैसाथ प्रर्दशनमा

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । आज शुक्रबारबाट देशभर दुई फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘प्रकाश’ र ‘राधा’ । फ्राइडे रिलिजको परम्परा धान्दै दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो ।

    देशभर एकसाथ प्रदर्शनमा आएका दुबै फिल्म निर्माण पक्षले राम्रो भएको दाबी गर्दै आएको छ । बलिउड फिल्म ‘लाइगर’ बिहिबार लागेको कारण मल्टीप्लेक्सले दुबै फिल्मलाई न्युन शो दिएको छ ।



    दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ मा मुख्य पात्र प्रदीप खड्का छन् । प्रदीप अरु फिल्मको तुलनामा यसमा भिन्न रोलमा देखिएका छन् । प्रदीपका अलावा मुख्य पात्रमा दीया मास्के र रेणु योगी छन् । रेणु योगीको यो डेब्यू फिल्म रहेको छ ।



    सुवर्ण थापा निर्देशित ‘राधा’ फिल्म पनि आजैबाट प्रर्दशनमा आउन लागेको छ । ‘राधा’मा मुख्य पात्रमा नायिका श्रृष्टि श्रेष्ठ छिन् । श्रृष्टिसँगै यो चलचित्रमा स्टार कलाकारको भिड छ । दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सौगात मल्ल, मेनुका प्रधान, बुद्दि तामाङलगायत कलाकारहरूको अभिनय रहेको छ ।

    अपेक्षित चलचित्र एकैदिन बजारमा आउँदा कसले कति सो पाउँछन् भन्ने चासो रहेको छ । चिनिया फिल्म फेष्टिभलमा ‘राधा’ प्रदर्शन हुनु फिल्मका लागि सुखद पक्ष हो । यता ‘प्रकाश’ले प्रदर्शन अघि नै अन्तर्राष्ट्रिय बजारको राइट्स र डिजिटल राइट्सबाट लगानीको ७५ प्रतिशत उठाइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार