Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सरोज र करिश्माको फिल्म ‘बगान’ले १० दिनमा कति कमायो ?

    सरोज र करिश्माको फिल्म ‘बगान’ले १० दिनमा कति कमायो ?

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 756
    SHARES

    काठमाडौं । हलहरुमा प्रदर्शनरत नेपाली फिल्म ‘बगान’ले १० दिनमा ६९ लाख ७८ हजार एक सय ९१ रुपैयाँ कमाइ गरेको छ ।

    असार २९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आएको ‘बगान’ले बक्स अफिसमा औसत ओपनिङ गरेको थियो । तर, फिल्मले बिस्तारै लय पक्रँदै गएको छ ।



    सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुसाल र मिथिला शर्मा लगायतको अभिनय छ।



    निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छन्। फिल्ममा एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण र एकल महिलाको विवाहको प्रसंगलाई चित्रण गरिएको बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार