Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

शुक्रबार पनि दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । सेयर कारोबारको छैटौं दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। यसदिन नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२.६२ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स २.७७ अंकले ओरालो लागेर ३९१.७४ विन्दुमा अडिएको छ।

आज २१३ कम्पनीको ३५ लाख ८८ हजार ८३३ कित्ता सेयर १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएका १३ वटा समूहमध्ये १२ वटाको सूचक नकारात्मक देखिएको छ। १२ वटा सूचक नकरात्मक हुँदा लाइफ इन्स्योरेन्स भने ०.३६ प्रतिशत बढेको छ।

ट्रेडिङ समूहको सूचक १.८९ प्रतिशतले घट्दा फाइनान्स समूहको १.८७ प्रतिशतले घट्यो। यसदिन लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मूल्य ५.९५ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर आज पनि शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६ करोड ६८ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077