Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डाइपरमा सुन लुकाएर ल्याउने महिला त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ७७० ग्राम सुनसहित एकजना महिला पक्राउ परेकी छन् ।

फ्लाई दुबईको उडानबाट काठमाडौं आएकी भक्तपुर-८ सुकुलढोका बस्ने ५६ वर्षीया कविता श्रेष्ठ सुनसहित पक्राउ परेकी हुन् ।

प्रहरीका अनुसार श्रेष्ठले डाइपरमा सुनजस्तो देखिने अर्धठोस बस्तु लुकाइ छिपाइ ल्याएकी थिइन् ।

श्रेष्ठलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077