Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

श्रीमानले गरे छुरा प्रहार गरी आफ्नै श्रीमतीको हत्या

झापा । श्रीमानले छुरा प्रहार गरी झापामा आफ्नी श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको झापा गाउँपालिका ६, चन्द्रबस्तीमा गएराति करिब साढे ९ बजे श्रीमानको छुरा प्रहारबाट श्रीमतीको घट्नास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार झापा गाउँपालिका ६ का ४६ वर्षीय नाइके हस्ताले आफ्नै श्रीमती ४० वर्षीया तालामई हस्तालाई छातिमा छुरा प्रहार गरी हत्या गरेका हुन् ।

नाइकेले मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । छुरा प्रहार गरी फरार भएका नाइके हस्तालाई प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077