Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुलिस स्टेशन नै नक्कली, ८ महिनासम्म ठगी धन्दा !

एजेन्सी । भारतको बिहारमा नक्कल्ली पुलिस थाना संचालन गरी सयौंलाई ठगी गरेको घटना सार्वजनिक भएको छ । ठगहरुको गिरोहले एउटा घर भाडामा लिएर ८ महिनासम्म नक्कल्ली पुलिस थाना संचालन गरेका हुन् ।

ठगहरुले संचालनमा ल्याएको उक्त नक्कली पुलिस थाना वास्तविक पुलिस थानाबाट मात्र ५ सय मिटरको दुरीमा रहेको थियो ।

ठगहरुको समुहले उक्त थानामा सेवा लिन आउने हरुबाट पैसा उठाउने, जागिरको आश्वासन दिने लगायतका कामहरु गर्दै आएको बताइएको छ ।

एकजना सक्कली पुलिसले २ जना नक्कली पुलिसलाई स्थानीय बजारमा पाइने बन्दुक बोकेर हिँडेको देखेपछि यो घटना सार्वजनिक भएको थियो । उक्त थानाबाट दुई महिलासहित ६ जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077