Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

३७ सय किलो बारुदले भत्काइँदै भारतको ‘ट्वीन टावर’

एजेन्सी । भारतको नोयडा राज्यमा दुई ठूला टावर एकैपटक विस्फोट गरेर भत्काइँदैछ। आइतबार भारतीय समय अनुसार दिउँसो २ बजेर तीस मिनेटमा उक्त भवनमा विस्फोट गराइने छ।

यसका लागि करिब ३ हजार ७ सय किलो बारूदको प्रयोग गरिने छ। अहिले उक्त क्षेत्रमा प्रवेश निषेध गरिएको छ भने बिहानदेखि भवन छेउछाउको क्षेत्रमा रहेका करिब ७ हजार व्यक्तिका घरलाई पनि खाली गरिएको छ।

करिब ३२ तले भवन भत्काउनका काउनडाउन सुरु भएको छ। करिब १२ सेकेन्डमा ती भवनहरू पूर्ण रूपले भत्काइने बताइएको छ। उक्त क्षेत्रमा करिब ५ सय ६० प्रहरी, १०० रिजर्भ फोर्स र ४ क्विक रेस्पोन्स टिम एनडीआरएफ तैनाथ गरिएको छ।

भारतको इतिहासमा सबैभन्दा ठूला भवन विस्फोट गराएर भत्काएको यो पहिलो घटना हुनेछ। उक्त दुई भवन भारतको ट्वीन टावरका रूपमा परिचित थिए। उक्त भवन अवैध रुपमा बनाइएको र भारतको सर्वोच्च अदालतले यसलाई भक्काउन आदेश दिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077