Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘द भ्वाइस अफ नेपाल’को चौथो सिजन भदौ २४ गतेदेखि सुरु हुने

काठमाडौं । प्रतीक्षित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजन भदौ २४ गतेदेखि सुरु हुने भएको छ । शुक्रबार र शनिबार राति ८ बजे हिमालय टीभीबाट कार्यक्रम प्रसारण हुने जनाइएको छ ।

डिजिटल अडिसनमा सहभागी ४१ हजार आवेदकमध्येबाट छानिएका अन्तिम ६४ प्रतिस्पर्धी प्रतिस्पर्धाको तयारीमा जुटेका छन् । यसपटक कोचमा राजेशपायल राई, राजु लामा, प्रमोद खरेल र प्रविशा अधिकारी हुनेछन् ।

निर्देशक लक्ष्मण पौडेलका अनुसार चार जना कोचले प्रत्येक टिममा १६ जना प्रतिस्पर्धी सहभागी हुने गरी ड्रिम टिम गठन गर्नेछन् ।

चौथो सिजनमा कुल ३१ एपिसोड हुनेछन्, जुन १६ साता चल्नेछ । यसपटक प्रतिस्पर्धाबाट बाहिरिएका प्रतिस्पर्धीलाई कोचले कुर्सी घुमाएर हेर्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077