Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • भदौ ३१ गतेदेखि जजिरा एयरवेजले भैरहवा-कुबेत दैनिक उडान गर्ने

    भदौ ३१ गतेदेखि जजिरा एयरवेजले भैरहवा-कुबेत दैनिक उडान गर्ने

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 852
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुबेतका लागि दैनिक उडान गर्ने भएको छ।

    एयरवेजले भदौ ३१ (१६ सेप्टेम्बर) देखि सातामा सातै दिन उडान गर्न लागेको हो।



    हाल जजिराले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ। जजिराको जहाज एक सय ७४ यात्रु क्षमता भएको हो।



    अहिले दैनिक एक सय ५० जना भैरहवाबाट कुवेत उडिरहेका छन्। कुवेतबाट भैरहवा आउनेको संख्या सय जना हाराहारीमा छ।

    जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार