Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रदेश १ का सामाजिक विकासमन्त्री राई खोटाङबाट सिफारिस

    प्रदेश १ का सामाजिक विकासमन्त्री राई खोटाङबाट सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले राजन राईलाई उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको छ ।

    जिल्ला कमिटीको बैठकले आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रदेश १ का सामाजिक विकास मन्त्री एबं पोलिटव्यूरो सदस्य राईको एकमात्र नाम सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा समानुपातिकमा जलसेर राई र संगीता राईको नाम सिफारिस गरिएको युवा संघका जिल्ला अध्यक्ष पवन श्रेष्ठले जानकारी दिए ।



    यस्तै, प्रदेशसभा (क)मा प्रत्यक्षतर्फ वीरबलकाजी राई, उदयबहादुर कार्की, राजन आचार्य, भीम राई (बुईपा), भीम राई (बाम्राङ), विष्णु दाहाल, तेजबहादुर राई र समानुपातिकमा रमिला गुरुङको नाम सिफारिस भएको छ ।



    प्रदेशसभा (ख)मा प्रत्यक्षतर्फ बबी चाम्लिङ, श्यामराज राई, नरेश राई, तारानाथ दाहाल, कुमार राई, परिवर्तन राई, बम खत्री, शम्भु घिमिरे र समानुपातिकमा अम्बिका राईको नाम सिफारिस गर्ने निर्णय गरिएको नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)ले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार