Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • एमसीसीमा मतभेद भएपछि एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

    एमसीसीमा मतभेद भएपछि एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

    अनलाइन नेपाल
  • सोमबार, ९ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सत्ता साझेधार दल नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

    बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाएको सो पार्टीका एक नेताले जानकारी दिए ।ती नेताका अनुसार पछिल्लो समय एमसीसीबारे पार्टीको भूमिकामा चर्को विवाद भएपछि सचिवालय बैठक बोलाइएको हो ।



    यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो । तर, पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदमा पेश गर्न दिने निर्णय नै नगरेको भन्दै चर्को असन्तुष्टि जनाएका थिए ।



    खनालले आइतबारको संसद बैठकमा समेत एमसीसी पेश गर्न दिएकोमा विरोध गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार