Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • आन्दोलनरत विद्यालयका कर्मचारीलाई शिक्षा मन्त्रालयले बोलायो वार्तामा

    आन्दोलनरत विद्यालयका कर्मचारीलाई शिक्षा मन्त्रालयले बोलायो वार्तामा

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत विद्यालय कर्मचारीहरूलाई वार्ताको लागि बोलाएको छ ।

    नेपाल विद्यालय कर्मचारी परिषद्लाई एक पत्र पठाउँदै आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताको लागि आउन आग्रह गरेको हो ।



    कर्मचारीको आन्दोलनका कारण अधिकांश सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बनेको छ। सेवा सुविधासम्बन्धी मागहरू राखेर विगत केही दिनदेखि विद्यालय कर्मचारीहरू आन्दोलनरत छन् ।



    गत १ भदौदेखि आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीहरूले आजदेखि थालिएको विद्यालय बन्द घोषणा गरेका छन् ।

    सेवा सुरक्षा ग्यारेन्टी लगायतका विभिन्न माग अघि सारेर विद्यालय कर्मचारीहरू आन्दोलन गर्दै आएका छन् । आजदेखि विद्यालय बन्दको घोषणा गरेपछि सरकारले वार्ताको लागि बोलाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार