Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीजमा टेलिकमको अफर, ४९ रूपैयाँमा दिनभर अनलिमिटेड भ्वाइस र डेटा

काठमाडौं । नेपाल टेलिकमले तीज अफर ल्याएको छ ।

आजदेखि भदौ १७ गतेसम्म सञ्चालन हुने यो अफरमा डेटा प्याक र डेटा प्लस भ्वाइस प्याकका स्किम ल्याइएको हो ।

यसअन्तर्गत ९८ रूपैयाँमा तीन दिनसम्मका लागि ६ जीबी डेटा र २९४ रूपैयाँमा १० दिनसम्मका लागि २० जीबी डेटा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

साथै ग्राहकले ४९ रूपैयाँमा १ एमबीपीएस गतिको अनलिमिटेड र भ्वाइस सेवा लिन पाउने छन् ।

*1415# डायल गरी वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरी यो सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077