Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ठमेलको कमलपोखरी मासेर बनेको छाँया सेन्टर भत्काउन माग

काठमाडौं । सांसद प्रेम सुवालले काठमाडौंको ठमेलमा रहेको छायाँ सेन्टरलाई भत्काउन माग गरेका छन्।

नेपाल मजदूर किसान पार्टीका सांसद सुवालले आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उक्त कुरा उठाएका हुन् ।

‘भारतको नोयडामा निर्माण गरिएको गगनचुम्बी भवन भत्काएजस्तो ठमेलको सार्वजनिकस्थल कमलपोखरीमा निर्माण भएको छायाँ सेन्टर पनि भत्काउन जरुर छ,’ सुवालले भने।

आइतबार मात्र नोयडामा एक गगनचुम्बी भवन बम हानेर भत्काइएको थियो। विवादास्पद सार्वजिनक स्थलमा बनेको उक्त भवनलाई अदालको फैसालले भत्काउन भनेको थियो।

यता, काठमाडौंका मेयर बालेन शाहले सार्वजनिक स्थलहरुमा निर्माण भएका संरचना हटाउने अभियान चलाइरहेका बेला सुवालले उक्त माग गरेका हुन्।

यसैगरी उनले त्रिभुवन विश्वविद्यालयमा ३ वर्षमा ३०० दिन तालाबन्दी भएको भन्दै यसबारे त्यस अवधिमा भएका शिक्षामन्त्रीहरु र प्रधानमन्त्रीसँग स्पष्टीकरण सोध्नुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077