Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एएफसीद्वारा एन्फालाई ९ लाख रुपैयाँ जरिवाना

काठमाडौँ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर अर्थात ९ लाख १ हजारभन्दा बढी नेपाली रुपैयाँ जरिवाना गरेको छ ।

गत जून महिनामा कुवेतमा भएको एएफसी एसियन कप छनोटका क्रममा प्रतियोगिताको आचारसंहिता उल्लंघन गरेको जनाउँदै एएफसीले एन्फालाई ९ लाख १ हजार ६ सय नेपाली रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको एएफसीले जनाएको छ ।

एसियन कप छनोट अन्तर्गत जून १४ तारिखमा भएको इन्डोनेसियाविरुद्धको खेलका क्रममा नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खेल अघि ड्रेसिङ रुममा प्रवेश गरेको र खेलपछि एक्रिडिटेशन कार्ड लिएर मैदान प्रवेश गरेको भन्दै ६ हजार डलर जरिवाना गरिएको हाे ।

यता इन्डोनेसियाविरुद्धको खेलको पहिलो हाफ सुरू हुन ढिलाई गरेको भन्दै एन्फालाई थप १ हजार डलर जरिवाना गरिएको एएफसीले उल्लेख गरेको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077