Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नम्बरी भन्दै ऐलानी जग्गा देखाएर पैसा लिने बस्नेत पक्राउ

विराटनगर । नम्बरी भनेर झुक्याउँदै ऐलानी जग्गा देखाएर पैसा लिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिक्री गर्ने भन्दै ऐलानी जग्गा देखाउँदै बैनावापतको ३ वर्षअघि ११ लाख ५० हजार रूपैयाँ रकम लिएका बेलबारी नगरपालिका-३ खोरिया टोलका ५७ वर्षीय चित्रबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।

३ कट्ठा ९ धुर ऐलानी जग्गालाई नम्बरी भनेर झुक्याउँदै बिक्री गर्ने भनी बस्नेतले २०७६ साल पुस ३ गते रकम लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सुन्दरहरैँचा नगरपालिका-१२ घर भई बेलबारी-३ मा बसोबास गर्दै आएकी बसुन्धरा खतिवडासँग लिखित कागज गरेर नै बस्नेतले पैसा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077