Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतका लागि नेपाली राजदूत शर्मा र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

काठमाडौं । भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय गृहमन्त्री अमित शाहबीच शिष्टाचार भेटवार्ता भएको छ ।

उनीहरुबीच सोमबार नयाँदिल्लीस्थित भारतीय गृह मन्त्रालयमा भेटवार्ता भएको हो । भारतीय गृहमन्त्री शाहसँगको भेटमा द्विपक्षीय सम्बन्धबारे कुराकानी भएको बताइएको छ ।

दूतावास स्रोतका अनुसार भारत सरकारको सहयोगमा सञ्चालनमा रहेका परियोजनाहरूको प्रगति र नेपाल(भारत मामिलामा थाती रहेका विषयहरू छिटो टुंग्याउनेबारे पनि छलफल भएको छ ।

गृहमन्त्री शाह भारतीय सत्तारुढ दल भाजपाका प्रभावशाली नेतासमेत हुन् । गत वैशाख २८ गते राजदूत शर्माले तत्कालीन भारतीय राष्ट्रपति रामनाथ कोविन्दसामु ओहदाको प्रमाणपत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077