Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्पेनिस ला लिगा : भ्यालेन्सियामाथि एथ्लेटिको मड्रिडको जित

एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत सोमबार भएको खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियामाथि १-० गोल अन्तरले विजयी भएको छ ।

लिगको नयाँ सिजनको तेस्रो खेलमा टोलीलाई दोस्रो जित दिलाउने क्रममा खेलको ६६ औं मिनेटमा एथ्लेटिकोका एन्टोनी ग्रिजमेनले निर्णायक गोल गरेका हुन्।

यससँगै लिगका तीन खेलबाट एथ्लेटिकोले दुई खेलमा जितसहित ६ अंक जोडेको छ।

लिगमा रियल मड्रिड र रियल बेटिसले तीनै खेलमा जित हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077