Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

तीजले विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने सभामुख सापकोटाको विश्वास

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजको अअवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।

सभामुख सापकोटाले हरितालिका तीजले सामूहिक रुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास लिएकका छन्।

‘नेपाली महिलाले यस पर्वलाई स्वतन्त्रता, सुरक्षा र सम्मानपूर्वक जीवन यापनका लागि वातावरण बनाउने विषयमा सघन बहस गर्नु हुनेछ भन्ने अपेक्षा गरेको छु,’ सभामुखको शुभकामना सन्देशमा भनिएको छ।

तीजलाई आफ्ना विषय अभिव्यक्त गर्ने महत्त्वपूर्ण अवसर बनाउनेतर्फ ध्यान दिन सभामुख सापकोटाको आग्रहसमेत छ।

‘विज्ञानको क्षेत्रमा भएका नयाँ–नयाँ आविस्कार, आधुनिक शिक्षा तथा सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासका कारण मानव समुदायले जीवन जिउने तौरतरिका पनि परिवर्तन गर्दै लगेको छ,’ सन्देशमा भनिएको छ, ‘समयक्रमसँगै हामीले मनाउँदै आएका चाडपर्व, संस्कृति, परम्परा, मूल्य मान्यता र रीतिरिवाजका विषयमा पनि यथेष्ट छलफल र बहस हुने गरेका छन्।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077