Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • तीजको अवसरमा सुरक्षाका लागि काठमाडौंमा दुई हजार भन्दाबढी प्रहरी परिचालन

    तीजको अवसरमा सुरक्षाका लागि काठमाडौंमा दुई हजार भन्दाबढी प्रहरी परिचालन

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 855
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हरितालिका तीज पर्व हिन्दु महिलाहरुले महादेवको पूजा आराधना गरी मंगलबार मनाउँदै छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

    सोही अवसरमा आज काठमाडौंमा सुरक्षाका लागि दुई हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । पशुपतिलगायत विभिन्न मन्दिर परिसरमा भिड हुने भएकाले काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    परिसरले पाकेटमारी तथा गरगहना चोरी हुन सक्ने भन्दै काठमाडौंमा मंगलबार दुई हजार चार सय प्रहरी परिचालन गरिएको हो ।



    एक हजार महिला प्रहरी र एक हजार चार सय पुरूष प्रहरी सुरक्षाका लागि खटिएका छन् । यस्तै सादा पोशाकमा पनि प्रहरी परिचालन गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार