Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पशुपतिका चारवटै ढोका १४ वर्षपछि खुला, मूल मन्दिर परिसरको तस्बिर खिचे जरिवाना !

    पशुपतिका चारवटै ढोका १४ वर्षपछि खुला, मूल मन्दिर परिसरको तस्बिर खिचे जरिवाना !

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 915
    SHARES

    काठमाडौं । तीजको अवसरमा पशुपतिनाथ मन्दिरको चारवटै ढोका खुला गरिएको छ । बिहान सवा ३ बजेदेखि नै पशुपतिका चार वटै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

    उनका अनुसार यसपालि दर्शनार्थीको सहजताका लागि पशुपतिको पूर्वी ढोका दिनभरि नै खुला गरिने छ । यसअघि यो ढोका शिवरात्रिका बेला केहीबेर खुलाइएको थियो ।



    पशुपतिनाथको पूर्वी ढोका २०६५ सालपछि पहिलोपटक दिनभरिका लागि खोलिएको हो । पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द गरिएको थियो । यस्तै पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिबाना गरिने भएको छ ।



    पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि नै तस्बिर खिच्न मनाही छ । पछिल्लो समय सबैका हातमा मोबाइल फोन हुने भएकाले चलाए जसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिबानासहित कारबाही गर्न लागिएको कोषका प्रवक्ता अधिकारीले बताए ।

    सनातनदेखि तस्बिर खिच्न मनाही गरिएको ठाउँको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले जरिबाना गर्ने तयारी गरेको हो ।

    गर्भगृहको तस्बिर खिचेमा २ हजार १ सय रुपैयाँ, मुख्य मन्दिरको तस्बिर खिचेमा १ हजार १ सय र मूल मन्दिर परिसरको तस्बिर खिचेमा ५ सय रुपैयाँ जरिबाना लाग्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार