Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • तीजमा पाँच लाख श्रद्धालुले गरे पशुपतिनाथको दर्शन

    तीजमा पाँच लाख श्रद्धालुले गरे पशुपतिनाथको दर्शन

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेपाली हिन्दु नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब पाँच लाख दर्शनार्थीले दर्शन, एवं पूजा आराधना गरेका छन् ।

    सोमबार साँझ ७ बजेसम्म करिब पाँच लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए ।



    धेरै भक्तजनले भने लाम बस्नुपर्ने भएकाले मूल मन्दिरभित्र प्रवेश नगरी परिसरबाटै गजुरको दर्शन गरेर फर्किएका थिए।



    पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा सोमबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो। पशुपतिनाथ मन्दिरमा यो वर्ष विगतभन्दा सहजरूपमा दर्शन गर्न पाएको भक्तजनले बताए ।

    १५ वर्षपछि पशुपतिनाथको पूर्वी ढोका खोलेपछि भक्तजनलाई दर्शनमा सहज भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार