Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काठमाडौंमा एकै दिन तीन हजार ११६ चालक परे कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लंघन गर्ने ३ हजार ११६ जनालाई कारबाही गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौंको विभिन्न स्थानमा सोमवार गरेको जाँचका क्रममा ती सवारीचालक कारबाहीमा परेको हुन् ।

कार्यालयका अनुसार कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने १७६, लेन मिचेर सवारी चलाउने ११७, रातो बत्तीको पालना नगर्ने २३०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने ३१२, नम्बर प्लेट नबुझिने तथा स्वरूप परिवर्तन गर्ने ६८ र अन्य विभिन्नमा २ हजार २१३ चालक रहेका छन् ।

कार्यालयले ट्राफिक नियमको पालना गरी सवारीसाधन चलाउन सबैलाई आह्वान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077