Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बलात्कारको आरोपमा झापाबाट गुरुङ पक्राउ

झापा । बालिकालाई बलात्कार गरेको आरोपमा झापाको हल्दीबारी गाउँपालिका–३ बाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हल्दीबारी घर भएका ४७ वर्षका चित्र बहादुर गुरुङ छन् ।

उनीमाथि १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । आईतबार साँझ बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077